ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

भारतीय केरा मारामार, नेपाली किसान हाहाकार, बेखबर सरकार

६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार
नवलपरासी,पश्चिम्  ।
नवलपरासी पश्चिमका केरा किसानहरूले भारतीय केरा आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा हजारौँ किसानहरू वर्षौँदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।
तर पछिल्लो समय भारतबाट अत्यधिक मात्रामा केरा आयात भएपछि किसानहरू मारमा परेका हुन् ।
नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लक्खु  प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनेका छन्  “स्थानीय उत्पादनलाई बजारमा माग धान्ने क्षमता हुँदाहुँदै भारतबाट निरन्तर केरा आयात भएकाले किसानहरू घाटामा परेका छन् । सरकार मौन बसेमा बाध्य भएर आन्दोलनमा उत्रनुपर्ने हुन्छ ।”
सङ्घले यही असोज ६ गते कृषि ज्ञान केन्द्रमार्फत मन्त्रालयलाई समस्याबारे जानकारी दिँदा पनि कुनै कदम चालिएको छैन भन्दै आक्रोश व्यक्त गरेको छ ।
किसानहरूले समस्या समाधान नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले बाध्यात्मक रूपमा आन्दोलन गर्नु पर्ने अवस्था आएको अध्यक्ष यादवको भनाई छ ।
सङ्घका अनुसार नवलपरासीमा उत्पादित केराले मात्र स्थानीय माग धान्न सक्ने अवस्था भए पनि भारतीय केरा भित्रिनु अन्यायपूर्ण भएको भन्दै यसबारे तुरुन्त निर्णय गर्न सरकारसँग आग्रह गरिएको छ ।
भारतीय मोटरसाइकल र अन्य साधनमा आउने केरा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पठाइने समेत विज्ञप्तिमा उल्लेख छ ।
दर्जनको ३० रुपैयाँ भन्दा कम मूल्यमा विक्री गर्दा किसानको लागत नै नउठ्ने भए पनि अहिले किसानहरू १० रुपैयाँ देखी १८ रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।”आजको दिन हामीले राज्यले के पहल गर्छ हेर्छौ,भोलि बाट भारतीय केरा बोक्ने गाडीलाई हामी नियन्त्रणमा लिन्छौ,हामी आक्रामक रूपले जे पनि गर्न बाध्य हुन्छौँ “अध्यक्ष यादवले भने ।
सङ्घले आन्दोलनमा आवश्यक परे सम्पूर्ण किसान, राजनीतिक दल, पत्रकार महासङ्घ, नागरिक समाज र सरोकारवालाहरूलाई साथ दिन आह्वान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?