© २०२३
काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय तथा बैंक वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा वा अनुचित व्यवहार गरेमा सिधै मन्त्रीलाई गुनासो गर्न सकिने व्यवस्था गरेका छन् ।
सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको, अनुचित दबाब दिएको वा घुस रिसवत मागेको अवस्थामा सिधै अर्थमन्त्रीलाई इमेल वा मन्त्रालयको टोल–फ्री नम्बरमा उजुरी गर्न सकिने जनाएको छ ।
सेवा प्रवाहमा ढिलासुस्ती वा कठिनाइ भएमा पनि अर्थमन्त्री खनालको अफिसियल इमेल वा टोल–फ्री नम्बरमा सम्पर्क गर्न सकिने भएको छ । यसका लागि उनले उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई सम्पर्क व्यक्ति तोकेका छन् ।