© 2026
काठमान्डौ, ६ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि सिफारिस गरिएका वैज्ञानिक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
फेसबुकमार्फत पहिलो घोषणा गर्दै पुनले लेखेका छन्, “मलाई कसैले मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री नै भन्नै साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला ।”
उनले आफूलाई फोन गरेर बधाई दिन वा खादा–माला लिएर नआउन पनि अनुरोध गरेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा आगामी पाँच महिनामा गर्न सकिने ठोस योजना र सुझावहरू ह्वाट्स एपमार्फत सेयर गर्न आग्रह गरेका छन् ।
