ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

कामले गाउँमै दिएको माम

अहिले देशमा सम्भावनाहरू नभएको हल्लाखल्लाले छोपेको छ । सानोतिनो काम गर्नेहरू पनि यस्ता हल्लामा विश्वास बढाउँदै गाउँ घर छाड्ने, देश नै छाड्ने तरखर गरिरहेका भेटिन्छन् । तर त्यस्तो हल्लाको बेमतलब गर्ने भूँईमान्छेहरू भने सानोतिनो काम गर्दै समाजका अगाडी उदाहरण बनिरहेका छन् । 
५ आश्विन २०८२, आइतबार
५ आश्विन २०८२, आइतबार

हातको सीप बन्यो आम्दानी–आत्मनिर्भरको बाटो

दाङ, ०५ असोज । 
सीपले आत्मनिर्भर बनाउँछ भन्ने उदाहरण बनेकी छन् घोराही उपमहानगरपालिका–३ कि शर्मिला चौधरी । टायल मार्बल लगाउन सिकेको सीपलाई उनले आम्दानीको बाटो बनाएकी छिन् । टायल, मार्बल काट्ने, लगाउने सबै कामको सीप उनीसँग छ ।

उनी भन्छिन्–‘मलाई काम गर्न केही दुःख लाग्दैन । कामले पैसा आउँछ । काम सानो ठुलो भन्नू हुँदैन, धूलो मैलो त हुन्छ नै तर पनि सुरक्षित हुँदै काम गर्ने गरेको बताइन । पहिले केही काम आउँदैनथ्यो घरमै बसेर समय बिताउने गर्थे ।

गाउँको एक जना दाइले यस्तै काम गर्नुहुन्थ्यो । उनलाई सघाउने मानिस चाहिएको रहिछ । उनले मलाई काम दिएका हुन् । पहिले मसला मोल्ने र बोक्ने काम मात्रै गर्थे । पछि सबै काम सिके उनले भनिन् । अब त म लेबरबाट मिश्रि भैसकेको छ ।

लेबर भन्दा मिस्त्री ज्याला पनि धेरै हुन्छ । घर खर्च सहित परिवारको सबै खर्च आफैले पुराएको उनले बताइन् ।  काम गर्ने मानिसलाई यही पैसा छ । धेरै लगानी गरेर अर्काको देशमा जानुभन्दा बिना लगानी आफ्नै घरमा बसेर काम गर्नु धेरै फाइदा छ ।

गाउँघरका धेरै जसो युवा विदेश गएका छन् । उनीहरूलाई मैले बाहिर नजाऊ यही केही काम गर्नुपर्छ भन्दा मानेनन् अहिले पछुतो मानेका छन् । घरमा बाबाआमा र दाजु भाउजू छन् । उनीहरू सबै खुसी छन् ।

बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म काम गर्नुपर्छ। दिउँसो दुई घण्टा खाना खाने समय हुन्छ ।  ‘सीप सिकेकाले कमाइ राम्रो भएको छ,’ उनले भनिन् । त्यस्तै घोराही –७ का प्रबिन चौधरी पनि मार्बल टायल लगाउने काम गर्दै आएका छन् ।

उनी भन्छन्–‘धेरै पढेको छैन, घरको आर्थिक अवस्था कमजोर भएकाले १२ कक्षा भन्दा अगाडिको पढाई हुन सकेन । बुढा बाबा आमालाई छोडेर विदेश जान मनले मानेन । टायल मार्बल लगाउने काम गर्न थालेको तीन वर्ष भयो । राम्रो कमाइ भएको छ ।

खाली हात बस्नु परेको छैन ।’ नयाँ घर , अफिस, अन्य व्यापारिक स्थल सबै ठाउँ लगाउने गरेको उनले बताए । एक जना ठेकेदार छन् उनले कामको जिम्मा लिन्छन् । उनको सहयोगी भएर काम गर्ने गरेको चौधरीले बताए । अहिले सबै काम सिकेको छु लेबरबाट मिस्त्री बनेको छु, उनले भने । पैसा पनि राम्रो हुने गरेको छ ।

सामाजिक अभियन्ता गोबिन्द पौडेलले सानोठूलो नभनी आफ्नै देशमा काम गरी स्वरोजगार बन्नुपर्ने बताए । युवा अवस्थाको उर्वर समय अर्काको देशमा बिताउन नहुने उनको धारणा छ । केही न केही सीप सिकेर आत्मनिर्भर हुनुपर्ने उनको धारणा छ ।

स्थानीय सरकारले बीउ पुँजी सहितको सीप सिकाएर नागरिकलाई स्वदेशमै बस्ने वातावरण मिलाउनुपर्ने उनको धारणा छ । सीपले जीवनलाई सुन्दर बनाउन सहयोग गर्छ ।


दंशै–तिहार आयो मित्रको मादलले भाउ पायो

सल्यान, ०५ असोज । 
मादल नेपाली मौलिक बाजा र लोकसंगीतको अभिन्न अङ्ग हो । सल्यान लगायत विभिन्न क्षेत्रमा मादललाई सांस्कृतिक पहिचान, सामाजिक उत्सव र मौलिक कलाको प्रतीकको रूपमा मानिदै आएको छ ।

मादलको महत्त्व र सांस्कृतिक योगदानलाई बेवास्ता गर्दा पछिल्लो समय मादल बनाउने सीप लोप हुने अवस्थामा पुगेको छ । तर सल्यानमा भने एक जना व्यक्तिले करिब तीन दशक देखी मादल बनाउने पेसा धान्दै आएका छन् । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरका मित्र नेपाली ३२ वर्षदेखि मादल बनाउने पेसामा संलग्न छन् ।

सुरुमा आफ्नै रुचिका आधारमा मादल बनाउने काममा लागेका भए पनि हाल यो पेसा उनका लागि मुख्य जीविकोपार्जनको स्रोत बनेको छ । मित्रले भने, “सुरुमा त रुचि लागेर मादल बनाउने सिकेको थिएँ, तर अहिले हाम्रो परिवार यही पेसामा निर्भर छ ।

मादल बनाउने कामबाटै हाम्रो घरपरिवार चलिरहेको छ ।” मादल व्यवसायीका अनुसार मादल बनाउन खमारी र उत्तिसको काठ प्रयोग गरिन्छ । साथै, बाख्रा तथा राँगाको छाला काठमाडौँबाट ल्याएर मादल तयार गरिन्छ ।

मादलको आकार, डिजाइन र गुणस्तर अनुसार मूल्य फरक फरक हुन्छ । सानो मादल एक हजार पाँच सय रुपियाँदेखि सोरठी मादल १५ हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको व्यवसायीहरूको भनाइ रहेको छ ।

मित्रसँगै उनका भाइ गोपाल नेपाली पनि मादल बनाउने काममा सक्रिय छन् । दुवै मिलेर व्यावसायिक स्तरमा मादल बनाउने काम गर्दै आएका छन् । मित्रले आफ्नो पेसालाई सल्यान मादल उद्योग दर्ता गरी व्यवस्थित रूपमा अगाडि बढाएका छन् ।

पछिल्ला केही वर्षयता साउन्ड सिस्टमका कारण विभिन्न कार्यक्रम र सांस्कृतिक अवसरमा मादल कम प्रयोग हुन्थ्यो । व्यवसायीका अनुसार अघिल्ला वर्षहरूमा कहिलेकाहीँ डेग, स्पिकरको चलन बढ्दा मादलको बजार सुस्ताए पनि पछिल्लो समय फेरि मादलको मागमा वृद्धि भएको छ । “तिज र तिहारको बेला मादलको माग धेरै हुने गरेको छ”, व्यवसायी मित्रले भने ।

मित्रले वर्षमा करिब सयभन्दा बढी नयाँ मादल उत्पादन गर्छन् र त्यति नै सङ्ख्यामा पुराना मादलको मर्मत सम्भार पनि गर्छन् । सबै खर्च कटाएर बाँकी रकमले उनको आठ जनाको परिवारको दैनिक आवश्यकताहरू पूर्ति भइरहेको छ ।

“मादल बनाउने पेसा पैसाको मात्र कुरा होइन, हाम्रो संस्कृति र पहिचान जोगाउने काम पनि हो । त्यसैले म ३२ वर्षदेखि यही पेसामा छु, उनले भने । हाल मादल बनाउने व्यक्तिको सङ्ख्या निकै कम भएको व्यवसायीको भनाइ छ । यो पेसा लोपको अवस्थामा पुगेको छ ।

मादल बनाउने कला र सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा यो सांस्कृतिक पेसा हराउँदै जान सक्ने चिन्ता व्यक्त गरिएको छ । व्यवसायमा संलग्न व्यक्तिहरूले सामग्री व्यवस्थापन र पेसा प्रवर्द्धनका लागि सरकारी सहयोगको अपेक्षा राखेका छन् ।

मादल मात्र नभएर विभिन्न लोक बाजा संरक्षणमा बेलैमा ध्यान दिनु आवश्यक रहेको लोक कला क्षेत्रका जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार सांस्कृतिक पहिचानसँग जोडिएको यो पेसा जोगाउन र नयाँ पुस्तामा प्रवर्द्धन गर्न स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारबाट प्रयास आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?