Butwal Today

सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

५ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ०५ असोज ।

आज सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भई तोलाको २ हजार ६२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी तोलाको २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।