© २०२३
लमही ,५ असोज ।
नेपाली काँग्रेस निकट तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जेनेरेसन ( जेनजी ) आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न आफ्ना सदस्यलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्नु सङ्गठनको नीति विपरीत रहेको उल्लेख गर्दै अध्यक्ष घर्तीले आपराधिक गतिविधिमा संलग्न भएकामाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन् ।
उनी लेख्छन्, “दाङ तरुण दलका विभिन्न पदमा रहनु हुने साथीहरूलाई जानकारी गराउँछु—भदौ २४ गतेको आगजनी, तोडफोड र आपराधिक गतिविधिमा संलग्न सहभागी साथीहरूले आफैँ राजीनामा दिएर सहयोग गरिदिनु हुन अनुरोध छ । कारबाही गर्न बाध्य नपरोस् -उनले भने ।