© २०२३
काठमाडौँ ।
देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक)का टेकेन्द्र कार्की नियुक्त भएका छन्।
हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए।
कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन्।
जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए।
यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोडबलमा थिए। अन्तिमा कार्कीले बाजी मारे।
अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ।