Butwal Today

जन्मदिनको अवसरमा जेन-जी आन्दोलनका सहिद परिवारलाई आर्थिक सहयोग

५ आश्विन २०८२, आइतबार
अ+
अ-

बुटवल ।

गत भाद्र २३ गते देशव्यापी रुपमा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा गोली लागी सहिद भएका अर्घाखाँची भूमिकास्थान–४, फलामखिलीका स्व. माधव सारुको परिवारलाई जन्मदिनको अवसर पारेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

असोज ५ गते परेको आफ्नो जन्मदिनलाई विशेष अर्थपूर्ण बनाउँदै जिल्लाको मालारानी गाउँपालिकामा जन्म भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएका वैकल्पिक राजनीतिक शक्ति अभियन्ता तथा जीवन सल्लाहकार दिनेश सुनार ‘विकल्प’ले स्व. सारुको परिवारलाई सहयोग गरेका हुन्।

सुनारले युवा समाजसेवी प्रकाश बेल्वासे (प्रकाश दाई) मार्फत रु. ५,००५ (पाँच हजार पाँच रुपैयाँ) आफ्नो बैंक खाताबाट हस्तान्तरण गरेका हुन्।

उनले जिल्लाका होनहार युवाले देश र जनताको पक्षमा र परिवर्तनको पक्षमा उभिँदा ज्यान गुमाउनुपरेको अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै, आफ्नो जन्मदिनलाई उत्सवको रुपमा नभई मृतक परिवारलाई लागेको चोटमा सानो मलम लगाउने अवसरको रुपमा उपयोग गरेको बताए। उनका अनुसार, जेन-जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई प्रदान गरिएको आर्थिक सहयोगले उनीहरूको बलिदानप्रति राष्ट्रिय श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारलाई सहारा दिने र समानता तथा न्यायका लागि भएको आन्दोलनलाई अझ सशक्त बनाउने सन्देश दिने भन्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?