© २०२३
बुटवल, ५ असोज ।
जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा असोज ७ गते हुने भेट्रान्स फुटबलको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताए ।
‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित देविनगरस्थित एन्फा खेलमैदानमा हुने प्रतियोगितामा १४ वटा वडा सहभागी हुने उनले बताए । नगरमा रहेका भेट्रान्स खेलाडीहरूलाई पुर्नताजगी गराउने गरि फुटबल प्रतियोगिता गर्न लागेको उनले बताए । उद्घाटन खेल वडा नं ८ र ११ का बिचमा हुने उनले बताए ।
पहिलो र दोस्रो दिन ७ र ८ गते ५ वटा खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक रमेश कुमार जोशीले बताए ।
यसै गरी हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैयाँ र कपबाट पुरस्कृत गरिने उनले बताए। कुल ८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको सचिव रेसम महराले बताए । क्लब सामाजिक कार्यमा अग्रसर रहेको छ ।