Butwal Today

राष्ट्रपति पौडेलद्वारा नागरिकता संशोधन विधेयक प्रमाणीकरण

५ आश्विन २०८२, आइतबार
अ+
अ-

 काठमाडौं,५ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।