© २०२३
काठमाडौँ ।
आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
बैठकको समय भने तय भइसकेको छैन।
आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो।
यसअघि गत आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।
अहिलेसम्म मन्त्रिपरिषद्मा चार सदस्य मात्र छन्।
हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सरकारले दमन गर्दा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अझै कैयौँ घाइते अस्पतालमा छन्।
आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ।
यसको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ। यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो।
आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर काठमाडौँमा मात्र १७ युवा मारिएका थिए भने विराटनगरमा २ जना।