ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

काठ तस्कर समाउन कपिलवस्तुमा प्रहरीको पहरा

४ आश्विन २०८२, शनिबार
४ आश्विन २०८२, शनिबार

चन्द्रौटा, ०४ असोज ।

नेपाल–भारत सीमावर्ती क्षेत्र कपिलवस्तुमा दिनहुँ काठ तस्करी हुने गरेको छ । सीमाको निगरानी कडा भए पनि तस्करको जालोले प्रहरी र प्रशासन छक्काउन सफल छ । यसप्रति आम नागरिकले प्रश्न उठाउने गरेको छन् ।

सीमा नाकामा अहिले काठ तस्करी नियन्त्रण गर्न सुराकी सहितको संयुक्त अभियानमा चलाइएको छ । तस्करी नियन्त्रण गर्न सुराकीको आधारमा गरिएको संयुक्त अभियानमा प्रहरीले खैरो काठ बरामद गरेको छ ।

जिल्लाको विजयनगर गाउँपालिका–७, गेडुवाजोत नजिकैको सीमा पिल्लर नम्बर ५७७/५ को झाडीभित्र लुकाइ राखिएको १२ वटा खैरो काठ ठकुरापुर प्रहरी चौकी, साझेदारी वन ठकुरापुर, सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी गणेशपुरको संयुक्त टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

करिब ६ बजेतिर सुराकीको आधारमा गरिएको अभियानमा बरामद काठको मूल्य करिब ६० हजार रुपैयाँ हुने अनुमान गरिएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्र भारतसँग प्रत्यक्ष जोडिएको हुँदा विभिन्न गाउँ र बस्ती तस्करीका लागि सहज नाका बन्दै आएका छन् ।

रातको समयमा भारतीय जङ्गलबाट ल्याइएका खैरो, सिसौ र सहगवनका काठ तस्करहरूले झाडी, पराल वा गोठमा लुकाएर राख्ने र बिहानै जिल्लाका काठ स–मिल तथा फर्निचर उद्योगमा पु¥याउने गरेको प्रहरीको भनाइ छ ।

जिल्लाको पश्चिमी सिमाना लालपुर, गेडुवाजोत, दत्तपुर ठकुरापुर र परशुरामपुर घाट लगायत स्थान हुँदै तस्करी हुने क्रम बढेको स्थानीयको भनाइ छ । यसअघि पनि सो क्षेत्रबाट पटक पटक काठ बरामद हुँदै आएको छ  भने प्रहरीले काठ तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

विजयनगर–६, ७ र कृष्णनगर–१२ भारतीय जङ्गलसँग जोडिएकाले यी क्षेत्रमा तस्करीको जोखिम उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?