Butwal Today

तिलोत्तमा व्यापार संघद्वारा मंगलापुर प्रहरीलाई दराज हस्तान्तरण

४ आश्विन २०८२, शनिबार
अ+
अ-

तिलोत्तमा, ४ असोज ।

जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी हुँदा भएको क्षतिपछि तिलोत्तमा व्यापार संघले कार्यालय सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले दराज सहयोग गरेको छ । संघको भदौ २६ गते सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार मंगलपुर प्रहरी कार्यालयलाई दराज हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने र संस्थापक अध्यक्ष जेपी कंडेलको उपस्थितिमा दराज हस्तान्तरण गरिएको हो । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको पनि सहभागिता थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले समाज र सुरक्षा निकायबीच सहकार्य आवश्यक हुने भन्दै प्रहरी कार्यालयमा भएको क्षतिको पुनःस्थापना आफूहरुको दायित्वको एक हिस्सा हो भन्ने महसुस गरेर यो सहयोग गरेको बताए ।

त्यसैगरी संस्थापक अध्यक्ष जेपी कंडेलले व्यापारिक क्षेत्र र शान्ति सुरक्षाबीचको सम्बन्ध मजबुत हुनुपर्नेमा जोड दिंदै यस्तो क्षणमा सानो सहयोगले पनि ठूलो सन्देश दिन सक्ने बताए ।

तिलोत्तमा व्यापार संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?