© २०२३
भैरहवा, ४ असोज ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत एरिया–५ ले एक बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
शनिबार रुपन्देहीको भैरहवामा आयोजित उक्त कार्यक्रममा कुल ४० यूनिट रगत संकलन गरिएको एरिया–५ का एरिया चिफ को–अर्डिनेटर प्रशान्तमणि रामदामले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले चाडपर्वको समयमा रगतको अभाव नहोस् भन्नका लागि यस्ता रक्तदान कार्यक्रमले ठूलो सहयोग पु¥याउने बताए । उनले चाडपर्वको अवसरमा यस्ता रचनात्मक कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थी लगायत अन्य वक्ताहरूले रक्तदानको महत्वबारे आफ्ना विचार राखेका थिए ।
त्यस अवसरमा एरिया चिफ को–अर्डिनेटर प्रशान्तमणि रामदाम, को–चिफ राकेश गुरुङ, सचिव श्रवण थापा खाम्चालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर नवराज न्यौपाने, लायन्सका वरिष्ठ अगुवाहरू विनोद खरेल, ओम कुमार श्रेष्ठ, अर्चित श्रेष्ठ, संगम न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीले प्राविधिक सहयोग प्रदान गरेको थियो।