© २०२३
दाङ, ४ भदौ ।
पछिल्लो समय चराको बासस्थान साँघुरो हुँदा संख्या घट्दै गएको छ । चरा संरक्षण संकटमा परेका छन् । कतिपय चराको संख्या न्युन छ भने केही चरा लोपउन्मुख अबस्थामा पुगेका छन् ।
घोराही उपमहानगरपालिका –९ निवासी ७२ वर्षका पार्वता शर्माले चराको संख्या कम भएको महशुस गरेकी छन् । उनी भन्छिन्् ,“पहिले गाउँमा (खर) फुसका छाना हुन्थ्ये चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिएर छुट्टै आनन्द हुन्थ्र्यो । कहिलेकाही चराको आवाजले बिहानीको निद्रा खुल्ने गथ्र्यो ।”
आँगनभरी थरीथरीका चारा आउँथे । मंसिरमा धान आगनमा ल्याएपछि चराहरु झन थपिदै जान्थ्ये । पछिल्लो समय चराको चिरविर कम भएको उनले महशुस गरेकी छन् । चराको बासस्थान खलबलीएका कारण चराको आवाज कम सुनिने गरेको बताइन् ।
घोराही उपमहानगरपालिका –६ का ६५ वर्षका बिरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण संख्या कम भएको बताए । उनले भने,“भगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ ।”
पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौथली, परेवा, भगेरा,मैना चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको उनले बताए । रुख बिरुवा हुने स्थानमा अहिले घरैघरले भरिएका छन् । बासस्थान साँघुरिएकाले संख्या घट्ने चिन्ता छ । चरालाई चारो पानी दिने गरेको उनले स्मरण गरे ।
चरा विज्ञ आनन्द चौधरीले चराहरु बसाइँसराइ गर्ने र आगन्तुक चरा(पाहुना) को रुपमा नेपालमा आउने क्रम बढेको पनि ती चरा निश्चित समयपछि फर्किने गर्छन् । संरक्षण नभएका कारण रैथाने चराको संख्यामा कमी आएको उनको भनाइ छ ।
आगन्तुक चरालाई यतै बस्ने वतावरण मिलाउनुपर्ने उनले बताए । चराहरु लामो यात्राको प्रयास गर्ने, आराम गर्ने भएकाले उनीहरुको लागि सूरक्षित बास स्थान बनाउनुपर्ने बताए । जलवायु परिवर्तनको हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ ।
चरा संकटमा पर्नुका प्रमुख कारण मध्ये बासस्थानको बिनास, जलबायु परिवर्तन , भौतिक पूर्वाधारको संरचना भएको उनले बताए । उनले भने, “चरा खतराको सूचक मात्रै होइन अबसर हो । ”चराहरु जाडो छल्न देखि प्रजनन गर्ने क्षेत्रमा बसाई सराई गर्ने गरेको बताए ।
विज्ञ चौधरीले चरा संरक्षणका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसंग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्वका बारेमा आम नागरिकलाई जानकारी गराउन जरुरी रहेको बताए ।
आगन्तुक चराहरुका लागि अति आवश्यक बासस्थानहरुको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई संचेतना कार्यक्रम संचालन गर्न आबश्यक रहेको उनको भनाइ छ ।
स्थानीय चरालाई कसरी संरक्षण गर्ने विषयमा सबै सचेत हुन आग्रह गरे । चराले खराव किरा खाएर मानवलाई सहयोग गरेको उनले बताए । चरा संरक्षण गर्नु सबै नागरिककको कर्तव्य हो ।