Butwal Today

युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई स्वदेश फर्काइँदै

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, ३ असोज ।

युक्रेनमा हिरासतमा रहेका दुई नेपाली आज  (शुक्रबार) अपराह्न स्वदेश फर्किँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल पठाइँदैछ ।

मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकका अध्यागमन र कानुनको पूर्ण पालना गर्न नागरिकहरूलाई सचेत गराएको छ । कानुन उल्लङ्घन वा बेवास्ता गरेमा पक्राउ पर्ने, लामो समय हिरासतमा बस्नुपर्ने र ज्यान जोखिममा पर्न सक्ने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ ।

उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनी र सरोकारवाला निकायले सक्रिय सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।