ट्रेंडिंग:

>> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

चोरी र लुटपाट हुन नदिन गाउँ गाउँमा पहरा 

३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

कपिलवस्तु, ०३ असोज ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २५ गते कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी थुनुवा फरार भएसँगै चोरी र लुटपाटको घटना बढ्न सक्ने भन्दै स्थानीयले गाउँ गाउँमा पहरा दिन थालेका छन् ।

पछिल्लो समय आन्दोलनकै कारण सुरक्षा निकाय विशेष स्थानमा केन्द्रित हुन थालेपछि स्थानीयले रातभर आलो–पालो गरी पहरा दिन थालेका छन् । चोरी र लुटपाटको घटना हुन सक्ने होहल्लाका कारण रातीमा पहरा दिन थालिएको कपिलवस्तु नगरपालिका वडा नम्बर २ का रामईन्द्र मुराउले बताए ।

बुधबार राती चोर आएको हल्ला पछि आफूहरू रातभर नसुतेको उनले जनाए । त्यसैगरि जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका युवाहरूले गाउँको सुरक्षाका लागि रातभर पहरा दिन थालेका छन् ।

पछिल्ला दिनमा चोरीका घटना बढ्न सक्ने आशङ्काले स्थानीय बासिन्दा सतर्क बन्दै युवाहरूलाई सक्रिय रूपमा सुरक्षा जिम्मेवारी लिने काममा प्रेरित गरेको हो । स्थानीय मङ्गरु विश्वकर्माले गाउँको टोल टोलमा युवाहरू पालैपालो ड्युटी बसेर पहरा दिने गरेको बताए ।

गाउँको धनमाल, घर तथा सम्पत्तिलाई चोरीबाट सुरक्षित राख्ने उद्देश्यले युवाहरू रातभर जागा बस्दै आएको उनले स्पष्ट पारे । गाउँमा सुरक्षा पहरा दिने कार्यमा सोमनाथ चौधरी, बलिराम थारु, काशीराम यादव, प्रकाश थारु, महेराज धोबीलगायतका युवाहरू सक्रिय रूपमा सहभागी हुने गरेका छन् ।

उनीहरूले समूह बनाएर प्रत्येक रात पालैपालो गाउँका गल्ली र टोलमा ड्युटी गर्ने गरेका छन् । छिमेकी मुलुक भारतका विभिन्न स्थानमा चोरीको हल्ला फैलिएको र यसले सीमा नजिकैका बस्तीलाई प्रभावित पार्न सक्ने सम्भावनाले यहाँका नागरिक सतर्क बनेका हुन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षाको चासो बढेसँगै युवाहरू स्वयंसेवकका रूपमा सक्रिय भई गाउँको शान्ति, सुरक्षामा योगदान दिइरहेका छन् । चोरी, डकैती र अनैतिक गतिविधि रोक्न नागरिकमा सचेतना बढ्नु र नागरिक प्रहरी सहकार्यको वातावरण बन्नुलाई सकारात्मक रूपमा लिनुपर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

आन्दोलन यता जिल्लाको मायादेवी गाउँपालिका १ पकडीमा चोरी गर्दै गरेको अवस्थामा एक जनालाई रंगेहात पक्राउ गरेको बाहेक अन्य स्थानमा चोरीको घटना नभएको नायब उपरीक्षक सिंहले स्पष्ट पारे ।

चोरी, डकैती र अन्य घटनालाई रोक्नका लागी प्रहरीको गस्ती र पैदल गस्तीलाई बढाइएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?