Butwal Today

पहिरो खस्दा दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

 नवलपरासी,पश्चिम्  ।

वर्षाका कारण पहिरो खस्दा दाउन्ने सडक अवरुद्ध बनेको छ । लगातार परिरहेको झरिका कारण पहिरो खसेपछि सवारी आउजाउ हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दिउँसो १२:४० बजेको समयमा   विनयी  त्रिवेणी गा.पा. वडा नं. २ पैसठ्ठी मोड नजिकै पूर्व पश्चिम राजमार्गमा भारी वर्षाको कारण माथिबाट पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध भएको हो ।

प्रहरीले उक्त राजमार्ग प्रयोग गर्ने सम्पूर्ण  सवारी साधन लगायत यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।