© २०२३
चन्द्रौटा, ०३ असोज ।
कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको भन्सार छली गरिएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरको टोलीले ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको लेडिज सुट, वान पिस, साडी, कपडा र पटका जस्ता सामग्री बरामद गरेको हो ।
बरामद सामग्रीको मूल्य ५९ हजार ६ सय रुपैयाँ रहेको प्रहरीको अनुमान छ । यस्तै शिवराज नगरपालिका–१, उमरीमा गरिएको छड्के चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाई छिपाइ ल्याइएका फुलकी, चकलेटलगायतका सामग्री समेत प्रहरीले बरामद गरेको छ । ती सामग्रीको मूल्य करिब १ लाख ८ हजार रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले बताए ।