© २०२३
काठमान्डौ, ३ भदौ ।
सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले वृद्धि भई तोलाको २ लाख १६ हजार रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको मूल्य २ लाख १५ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो यसको मूल्य तोलाको २ हजार ५२० रुपैयाँ थियो ।