© २०२३
काठमाडौँ, ३ असोज ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड भएपछि भागेका कैदीबन्दीमध्ये हालसम्म अझै ८ हजार ३७५ जना फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार, कारागारतर्फ ७ हजार ७५३ र सुधारगृहतर्फ ६२२ गरी कुल ८ हजार ३७५ कैदीबन्दी अझै फरार छन् ।
देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ जना कैदीबन्दी भागेका थिए। यसमध्ये कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।
अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदीबन्दी फिर्ता आएका छन्, जानकारी विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिए ।
२४ भदौको साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहमा १ हजार ४२२ गरी ३० हजार ६३४ कैदीबन्दी थिए । जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ जना भने भागेका थिएनन् ।
भाग्न खोज्ने क्रममा नेपाली सेनाको नियन्त्रणमा ५ जना कैदी र ५ जना बाल सुधार गृहका कैदी गरी १ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रामेछाप कारागारका ३, धादिङ कारागारका २ र नौबस्ता बाल सुधार गृहका ५ जना रहेका छन् ।