© 2026
काठमान्डौ, ३ भदौ ।
गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ ।
आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा क्षतिग्रस्त भएका सयौँ सवारी साधन अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थानान्तरण गरिने छ ।
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू हटाउने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधन हटाइसकिने छ ।