ट्रेंडिंग:

>> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

सहकारीबाट २ सदस्यको राजीनामा

३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

जितपुर, ०३ असोज ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, मोतीपुरका दुई जना सञ्चालक समितिका सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

सदस्य राजु अधिकारी (साबिक वडा नं. ५) र बाबुराम भण्डारी (साबिक वडा नं. ६) ले संस्थाको हालसम्मको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदत्याग गरेका हुन् ।

सन् २०५४ सालमा स्थापना भएको यस सहकारी संस्थामा करिब ३२ सय सदस्य रहेका छन् । सहकारीलाई कृषिमा आधारित उत्पादन वृद्धि र सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएको भए पनि पछिल्लो समय संस्थाभित्र पारदर्शिता, जबाफदेहिता र सुशासन हराउँदै गएको उनीहरूको आरोप छ ।

सदस्यहरूले पेस गरेको राजीनामा पत्रमा जग्गा खरिद प्रक्रिया, आर्थिक व्यवस्थापन, हिसाब–किताब, मूल्याङ्कन प्रक्रिया लगायतका विषयमा गम्भीर अनियमितता देखिएको उल्लेख छ ।

जग्गा खरिद गर्दा म्यादअनुसार रकम बुझाइ सकिए पनि जग्गा कब्जा दिन ढिलासुस्ती गरिएको, मूल्याङ्कन गर्दा बजार मूल्यभन्दा बढी रकम तोकिएको, ऋण वितरण गर्दा पारदर्शिता नअपनाएको, समितिहरू गठन नगरेको तथा सदस्यहरूको सुझावलाई बेवास्ता गरिएकोजस्ता आरोप लगाइएका छन् ।

त्यसै गरी, सहकारीले सञ्चालन गर्दै आएको मेसिनरी कारोबार र आर्थिक लेखा परीक्षण प्रणाली पनि अस्वस्थ देखिएको उनीहरूको भनाइ छ । लेखा परीक्षण प्रतिवेदन समयमा प्रस्तुत नगरेको, सहकारी नियमअनुसार आवश्यक उपसमिति जस्तै शिक्षा, अनुगमन, खरिद, सल्लाहकार समितिहरू गठन नगरेको तथा सदस्यका आवाजलाई बेवास्ता गरेको पत्रमा प्रस्ट रूपमा उल्लेख गरिएको छ ।

राजु अधिकारी र बाबुराम भण्डारीले सहकारीभित्र भएका कमजोरी सुधार्न र पारदर्शिता कायम गर्न धेरै पटक सुझाव र पहल गरे पनि त्यसलाई व्यवस्थापन पक्षले गम्भीरतापूर्वक नलिएको बताएका छन् । उल्टै, सुधारका प्रयासलाई अवरोध गर्ने प्रवृत्ति देखिएकाले अब पदमा बसेर योगदान दिन सम्भव नभएको भन्दै उनीहरूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनीहरूले आफ्नो राजीनामालाई संस्थाको कमजोरीप्रति आक्रोश मात्र नभई सुधारको अवसरका रूपमा लिन आग्रह गरेका छन् । सहकारीमा आस्था राख्ने सर्वसाधारण सदस्य, शेयर धनी र शुभेच्छुकहरूले पारदर्शिता र सुशासनको माग गर्दै सुधारका अभियानमा सक्रिय सहभागिता जनाउनुपर्ने उनीहरूको भनाइ छ ।

राजीनामा दिने सदस्यहरूले संस्थामा देखिएका समस्याहरू छोटो समयमा सच्याउन सकिने विश्वाससमेत व्यक्त गरेका छन् । पारदर्शी व्यवस्थापन, निष्पक्ष ऋण वितरण, बजार मूल्यअनुसार मूल्याङ्कन, सदस्यहरूको सुझावलाई महत्त्व दिने र समितिहरू सक्रिय बनाउनेतर्फ ध्यान दिन सके सहकारीलाई पुनः सदस्यमैत्री बनाउन सकिने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?