ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

‘प्रकृति पनि रोएको दिन…..’

२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

भनिन्छ– देश शोकमा परेको बेला प्रकृतिले पनि आँसुको वर्षा गर्छ । बुधबारको दिन त्यस्तै भएको छ । जेनजी आन्दोलनका क्रममा मृत्युबरण गर्न पुगेका ७३ जना नेपालीको सम्मान र सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृति पनि दिनभर रोएको छ ।

देशले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृतिले एक निमेष आँसु थामेन । दिनभर झरी पर्दा देश रोएको महसुस भएको छ । सायद यो संयोग मात्रै थिएन– यो वर्ष पहिलो पटक यसरी दिनभर नै झरी परेर प्रकृतिले पनि देश शोकमा परेको छनक दिएको छ ।

देशले शोक मनाइरहेको बेला प्रकृतिले पनि रोएरै साथ दिएको छ । सरकारले मंगलबार जेनजी सहिदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो । अर्को दिन राष्ट्रिय शोकमा प्रकृति पनि रुन बाध्य भएको छ । दुई दिनको आन्दोलनमा देशले ७३ जना सपुत गुमाएको छ ।

अहिलेसम्मको आन्दोलनमा यति छोटो समयमा अर्थात् दुई दिनमा यति धेरै मानवीय क्षति देशले कहिल्यै बेहोरेको थिएन । आज सारा देश शोकमा छ । बुधबार शोक दिवस घोषणा गरिए पनि देश अहिले पनि शोककै अवस्थामा छ ।

सहिद परिवारमाथि परेको विपत्ति सायदै शब्दमा बयान गर्न सकिन्छ । ती कलिला मुना जसले देशका लागि आहुति दिएका छन्, उनीहरूप्रति देश सधै नतमस्तक छ । ७३ जनाको ज्यान जानेगरी गोली प्रहार गर्न आदेश दिने शासकमाथि कारवाही होला नहोला, त्यो भविष्यमा थाहा होला तर देशले ठूलो क्षति भोगेको छ ।

सायद मृतकहरूको आत्माले दोषीमाथि कारवाही हुनुपर्ने माग गरिरहेको छ । प्रकृतिले पनि बुधबार दिनभर रोएरै मृतकहरूको सम्मानमा ऐक्यबद्धता प्रकट गरेको छ । देश दुखेको बेला वास्तवमा प्रकृति रोएको बिरलै सुनिन्छ तर बुधबारको दिन वास्तवमै देशले शोक मनाईरहँदा प्रकृति समेत रुनु केवल संयोगमात्र होइन ।

देशले होनहार युवा र राष्ट्रसेवकमात्रै गुमाएको छैन, देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । जेनजी आन्दोलनको मर्म र भावनाको सम्मान गर्ने हो भने सरकारले भ्रष्टाचारको जरा उखेल्ने काम गरोस् ।

शक्तिशाली आयोग गठन गरोस् । जेनजीका कलिला मुनामाथि ताकी ताकी गोली दाग्न आदेश दिने दमनकारीमाथि कडा कारवाही गरोस् । जेनजी आन्दोलनले अब भविष्यमा कोही पनि शासक बन्ने दुस्साहस गर्ने छैनन, कोही शासक हिटलर बन्ने प्रयास गर्ने छैनन् । आन्दोलनले त्यो प्रमाणित गरिदिएको छ ।

जेनजी आन्दोलनले देखाएको बाटोमा अघि बढ्ने संकल्प गरियो भने मात्रै जेनजी आन्दोलनका शहिदप्रति वास्तवमै साँचो श्रद्धाञ्जली हुनेछ ।
अनाहकमै मृत्युवरण गर्न बाध्य हाम्रा कलिला युवा पुस्ताको अकल्पनीय क्षतिले सबै नेपालीलाई स्तब्ध बनाएको छ ।

नेपाली मनहरू बेस्सरी रोएका छन् । देश शून्यको अवस्थामा पुगेको छ भन्ने महसुस भैरहेको छ । आजको दिन जेनजी आन्दोलनबाट पुगेको क्षतिको शोक मनाउँदै गर्दा शोकलाई शक्तिमा बदल्न प्रण गर्ने दिन पनि हो ।

तसर्थ अव तोकिएको समयमा निर्वाचन सम्पन्न गरि देशलाई नयाँ शिराबाट अघि बढाउने दायित्व र जिम्मेवारी कसैले पनि नविर्सिऔं । देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । सिंहदरबार, संसद, सर्वोच्च अदालत आदि आदि सयौं सम्पदा हाम्रो अमूल्य निधि र पहिचान थिए तर आज ती जलेर खरानी हुँदा नेपालीको मन छियाछिया भएको छ ।

नेपालीको मन भक्कानिएको छ । अव नेपालले शून्यबाट उठ्ने संकल्प गर्नु जरुरी छ । देश रोएको दिन अर्थात् राष्ट्रिय शोकको यो घडीमा देश पुनर्निर्माण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।

जेनजी पुस्ताले जुन सुनौलो नेपालको सपना देखेका थिए, जुन परिवर्तनको हुटहुटी थियो, त्यो हुटहुटीको सपना पूरा गर्ने ऐतिहासिक कार्यभार नेपालीको सामु आएको छ । देश र प्रकृति रोएको दिनबाटै त्यो संकल्प गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?