Butwal Today

जेनजी आन्दोलनको बहानामा पार्टीलाई बदनाम गर्ने प्रयासप्रति रास्वपाको आपत्ति

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको दुरुपयोग गर्दै केही अवाञ्छित व्यक्ति र समूहले पार्टीलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

पार्टीका अनुसार रास्वपा र यससँग सम्बद्ध व्यक्तिहरूको नाममा उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई धम्कीपूर्ण टेलिफोन सन्देश पठाइएको छ । यसप्रति गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । साथै, संलग्न जो कोहीमाथि छानबिन र कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।