© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजदूत सोङले नेपालप्रति चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका अनुसार उनले असल छिमेकीको नाताले नेपाल सरकारलाई आवश्यक परेको खण्डमा चीन सधैं सहयोग गर्न तयार रहेको बताए ।
राजदूत सोङले भने, “नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं । आगामी दिनहरूमा पनि सरकारलाई आवश्यक सहयोग गर्न हामी तत्पर छौं ।”
प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले गरेको यो पहिलो भेट हो । उक्त भेटवार्तालाई नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।