Butwal Today

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री कार्कीको भर्चुअल वार्ता

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाट वार्ता गरेकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जोडिएको वार्ता करिब २० मिनेट चलेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिएका छन् । वार्तामा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि उपस्थित थिए ।

वार्ताका क्रममा भारतीय समकक्षी मोदीले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिमा शान्तिपूर्ण संक्रमण सफल भएको भन्दै कार्की नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

साथै, नेपालमा लोकतान्त्रिक प्रक्रिया र पुनर्निर्माणमा भारतको निरन्तर सहयोग रहने मोदीले स्पष्ट पारे ।