ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की
जेनजी आन्दोलन

लुम्बिनीमा ६ सय भन्दा बढी सरकारी सवारी साधन नष्ट

२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

बुटवल, २ असोज ।

जेनजी समूहको आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सरकारी सवारीसाधनमा अभूतपूर्व क्षति पुगेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार ६ सयभन्दा बढी सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन् ।

आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति बाँकेमा भएको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयमा लिलामका लागि राखिएका दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकल जलेर वा तोडफोड भएर ध्वस्त भएका छन् । उपमहानगरपालिका र कोहलपुर क्षेत्रका एम्बुलेन्ससहित करिब एकसय सवारीसाधन नष्ट हुँदा बाँकेमा मात्र तीन सयभन्दा बढी सवारीसाधन क्षतिग्रस्त भएका हुन् ।

त्यस्तै दाङ दोस्रो ठूलो प्रभावित जिल्ला बनेको छ । यहाँ १८९ सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरणले देखाउँछ । तीमध्ये ४० चारपाङ्ग्रे र १३४ दुईपाङ्ग्रे सरकारी साधन पूर्णरूपमा नष्ट भएका छन् ।

अन्य जिल्लाको तुलनामा रुपन्देहीमा सरकारी सवारी साधनको क्षति कम देखिएको छ । रुपन्देहीमा लोकसेवा आयोगका चारवटा गाडी तथा मोटरसाईकल र स्कुटर गरी ११ वटा, राष्ट्रिय बाणिज्य बैंक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, श्रम कार्यालय र इलाका प्रशासन कार्यालय बुटवलको एक–एकवटा गाडी आगजनीबाट पूर्णरुपमा नष्ट भएको छ । त्यस्तै प्रहरीका २७ वटा मोटरसाईकल तथा सहरी विकास मन्त्रालय अन्तर्गतको एउटा मोटरसाईकल पनि आगजनीबाट नष्ट भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एउटा सरकारी गाडीमा आगजनी भएको छ ।

यद्यपि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने क्षतिको यकिन तथ्यांक अझै आइनसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले क्षति भएका सवारी साधनको तथ्यांक संकलन गर्ने कार्य भैरहेको भन्दै एक–दुई दिनभित्रै यकिन विवरण आउने बताए ।

पश्चिम नवलपरासीमा पाँचवटा चारपाङ्ग्रे र १५ वटा दुईपाङ्ग्रे गरी २० वटा सरकारी सवारीसाधनमा क्षति भएको छ ।

बर्दियामा नगरपालिकाका दमकल, ट्याक्टर, एम्बुलेन्स र ११ वटा सरकारी मोटरसाइकल पूर्णरूपमा नष्ट भएका छन् । अर्घाखाँचीमाँ भने पाँचवटा सरकारी सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएका छन् ।

कपिलबस्तुमा ६ वटा सरकारी सवारी साधन आगजनीबाट ध्वस्त भएका छन् । प्रदर्शनकारीले जिल्ला अदालतमा रहेका पाँचवटा गाडी र एउटा मोटरसाईकल आगजनी गरी ध्वस्त बनाएका हुन् । रुकुमपूर्व, रोल्पा, प्यूठान, पाल्पा र गुल्मीमा भने कुनै सवारीसाधन नष्ट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?