© 2026
काठमान्डौ, २ असोज ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोप असत्य भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा पाण्डेले पाँचवटा दमकल परिचालन आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले बताए । उनका अनुसार बालाजु, स्वयम्भूसहितका क्षेत्रमा रहेका सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गरिएको बताए ।
पाण्डेले भदौ २४ गते राति ८ बजेदेखि २६ गते बिहानसम्म निरन्तर खटिएको उल्लेख गर्दै, त्यसक्रममा अस्पतालहरूमा रगत अभाव हुँदा प्रहरीमार्फत सहयोग गरिएको जानकारी पनि दिए ।