© २०२३
काठमान्डौ, २ असोज ।
पोर्चुगलले आप्रवासीलाई दिँदै आएको आवास अनुमति खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ । यसले दशैं मनाउन नेपाल फर्किन लागेका केही नेपाली समेत प्रभावित भएका छन् ।
बुधबार मात्र लिस्बन विमानस्थलमा १२ जना आप्रवासीलाई आवास अनुमति पत्रसहित यात्रा गर्न रोकिएको थियो, जसमा नेपाली पनि परेका छन् । अध्यागमन अधिकारीहरूले उनीहरूलाई सेङ्गेन भिसा बिना पोर्चुगल प्रवेश गरी अनुमति लिएको आरोप लगाएका छन् ।
पहिले जुनसुकै बाटोबाट प्रवेश गरे पनि कर तिरेपछि एक वर्षमा अस्थायी आवास पाउने कानूनी व्यवस्था थियो । तर डेढ वर्षअघि खारेज भएपछि अवैध प्रवेशमार्फत अनुमति लिने आप्रवासी अहिले समस्यामा परेका छन् ।
अनौपचारिक तथ्याङ्क अनुसार पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली छन्। त्यसमध्ये यसरी अवैध तरिकाले बसोबास गर्नेको संख्या पनि धेरै छ ।