Butwal Today

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सर्वोच्चमा पाल टाँगेर सुनुवाइ सुरु

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २ असोज ।

जेनजी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

सर्वोच्चको परिसरमै अस्थायी पाल टाँगेर सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । यस क्रममा न्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश कुमार रेग्मीको अलग(अलग इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमाथि सुनुवाइ भइरहेको छ ।

यसअघि आइतबारदेखि नै सुनुवाइ सुरु गर्ने तयारी भए पनि आवश्यक प्राविधिक कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन ।