© 2026
काठमाडौं, २ असोज ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारण देखाउँदै उनलाई नियन्त्रणमा लिएको थियो ।
उनले २४ भदौदेखि सैनिक ब्यारेकमा बसोबास गर्दै आएका थिए । सुरक्षा स्रोतहरूका अनुसार ओली अहिले भक्तपुरको गुण्डु क्षेत्रमा सरेका छन्, जहाँका लागि भाडाको घरको व्यवस्था गरिएको छ ।
उनले पूर्ववसस्थान बालकोटस्थित घर प्रदर्शनका क्रममा जलेपछि नयाँ स्थानमा सर्नु परेको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा ओलीलाई गुण्डु सारिएको हो ।
बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक रूपमा उपस्थित गराउने योजना रहेको पनि बताएका छन् ।