ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सामुदायिक वनमा ‘चिउरी चमत्कार’

समुद्री सतहदेखि २०० मिटर उचाइ देखि २५०० उचाइसम्म हुने यस चिउरीको एउटा बिरुवा हुर्किएर दाना लाग्न करिब  ८ देखि १० वर्ष सम्म लाग्दछ । एउटा बोटबाट करिब ४ देखि ८ क्विन्टलसम्म फल दिन्छ ।
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
पाल्पा, ०२ असोज । 
निस्दी गाउँपालिकाको मित्यालको मौलाथरकी जेत माया खाम्चाले गत वर्ष चिउरीको बिजुला बिक्रीबाट ५ हजार रुपैयाँ हात पर्दा उनी साह्रै खुसी भएकी थिइन् । आफ्नै गाउँको सामुदायिक वनमा हुर्किएका चिउरीका रुखहरूमा फलको भित्री भागमा रहेका बिजुलालाई आयआर्जनको माध्यम बनेपछि आफू जस्तै धेरै महिलाहरू खुसी भएको उनले बताइन् ।
चिउरी असारे साउने र भदौरे गरी असार देखि भदौसम्म पाक्ने गर्दछ । एउटा चिउरीको रुख बाट ५० देखि ५०० के.जी सम्म बिजुला निस्कन्छ ।
त्यसलाई धोई पखाली, घाममा सुकाउने, भुटेर, कुटेर बाहिरका बिजुलाको बाहिरी भाग केलाई छुट्याइन्छ । त्यसलाई बफाएर काठको कोलमा दुई चार जान छिमेकी मिलेर पेलेर घिउ निकाल्ने प्रचलन आजभोलि हराएर गएको छ ।
पछिल्ला दिनहरूमा चिउरीको बिजुला नै बिक्री हुन थालेपछि चिउरीको बोटले गाउँमा महत्त्व पाएको छ । हामी स्थानीय नै मिलेर बोटको पनि संरक्षण, नयाँ बिरुवाको रोपण पनि हामीहरू मिलेर गर्छौँ । बहुगुणी चिउरीको बिजुला मात्र होइन ।
असार सुरुभएपछि चिउरी पाक्न थाल्दछ पाकेका चिउरीको भित्री भागमा रहेका बिजुला भुईँमा झर्दछ । त्यही टिप्न बिहानको उज्यालो सँगै हामी रुख मुनि डालो, बोरा लिएर पुग्दछौँ । त्यही जम्मा भएको बिजुलालाई चार पाँच जना मिलेर पेलेर स्थानीय प्रविधि बाट बनाइएको काठको कोलमा पेलेर घिउ निकालिन्छ ।
यसरी चिउरीको एक पाथी बिजुला बाट २ लिटरका दरले घिउ निस्कन्छ । यो घिउ वर्ष दिन सम्म तरकारीको लागि भुटन विवाह जस्ता उत्सवहरूमा सेल रोटी पकाउन प्रयोग गर्ने चलन भएको स्थानीयहरू बत्ताउँछन् ।
सामाजिक काममा सक्रिय स्थानीय जब्बर सिंह शारु भन्दछन्, बहुगुणी चिउरीको फलको रस सिधै खान मिल्ने, जाम र रक्सी बनाउन पनि हुन्छ । असोज कार्तिक देखि माघ फागुनसम्म लाग्ने फुल हल्ला पहेँलो रङ्गको चिउरीको फुलको रस बाट मौरीले मह बनाउँछ । पहिला यस वनमा ५३ वटा ठुला रुखहरू थिए ।
जब सामुदायिक वन बनाउने अभियान चल्यो । हामी ३६ घर परिवारको थुम्का डाँडा सामुदायिक बन बनाएपछि स्थानीय वनको संरक्षणमा लागेको हो । यतिखेर २ सय ५० बटा चिउराका बोटले फल दिएको छ । बनसँग सम्बन्धित कार्यक्रममा गएको बखतमा यसको बिजुला पनि बिक्री हुन्छ भन्ने थाहा पाएपछि बोटको माया धेरै नै लाग्न थाल्यो । वन संरक्षणका लागि चरीचरन पनि रोकियो ।
त्यसले सामुदायिक वनलाईनै फाइदा पुगेको उनी बताउँछन् ।  चिउरीको बिजुला बाट घिउ बनाउने भन्ने कुरा सजिलो होइन । त्यो भन्दा बिजुला नै बिक्री गर्न पाउँदा निकै सजिलो भएको छ। प्रति के.जी ५५का दरले बिक्री घरै बाट हुन्छ । चितवनका व्यापारीहरू घर मै आउँछन् ।
यसरी बिक्री होला भन्ने कल्पना नै थिएन । यसको पात देखि लिएर बिजुलाको खली सम्म आय आर्जनको बलियो माध्यम बन्ला भन्ने हामीलाई थाहा नै नभएको स्थानीय धन कुमारी सोती बताउछिन् । गत वर्ष उनले चार हजारको चिउरीका बिजुला बेचेको उनले बताइन्।
बहुगुणी चिउरी बाट आम्दानीको बलियो माध्यम बनेपछि घाँस दाउरा काट्न मात्र होइन गाई बाख्रा चराउन पनि छोडेको उनले बताइन् ।
वनमा अन्य प्रजातिका वनस्पति पनि छन् । पहिलेदेखि नै कल्पवृक्षको रूपमा रहेको चिउरीको संरक्षण तर्फ लाग्दा यसको महत्त्व बुझाउन धेरै समय लाग्यो ।
यसको संरक्षण सँगै वृक्षारोपण कार्य देखि बजार सम्म स्थानीय वन कार्यालयले निकै ठुलो सहयोग ग¥यो । निस्दी सब डिभिजन वन कार्यालयको प्राविधिकका कारण सफल भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रदिप सोती बत्ताउँछन् पहिला यसरी बिक्री हुने भन्ने नै थिएन त्यति बेला तेलको रूपमा मात्र प्रयोग भयो । जब यसको महत्त्व बुझ्दै गए तव यसको संरक्षण तर्फ लागु पर्दछ भन्ने चेतनाको विकास भयो ।
डिभिजन र सब डिभिजन वन कार्यालयको सहयोग र समन्वयमा वनको १, २ ,३ , ४ ब्लकमा चिउरीकै १ हजार २ सय बिरुवा लगाएको छ । यसको महत्त्व र समुदायले राम्रो सँग बुझ्न लागेको सब डिभिजन वन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारी बताउँछन्
। चिउरीको फुलको रसबाट मौरीले मह बनाउने हुँदा यस क्षेत्रमा मौरी पालन समेत सफल हुन लागेको छ। यतिखेर यस क्षेत्र चिउरीको पकेट क्षेत्र बनाएको र अरू सामुदायिक वनले पनि यसबाट सिक्न लागेको उनी बताउँछन् ।
समुद्री सतहदेखि २०० मिटर उचाइदेखि २५०० उचाइसम्म हुने यस चिउरीको एउटा बिरुवा हुर्किएर दाना लाग्न करिब ८ देखि १० वर्ष सम्म लाग्दछ । एउटा बोटबाट करिब ४ देखि ८ क्विन्टलसम्म फल दिन्छ । बिरुवा कटिड्ड गर्ने प्रविधि बाट कसरी कम समयमा बढि उत्पादन लिन सकिने प्रविधि अबको दिनमा अपनाउने प्रमुख अधिकारी बताउँछन् ।
यसको पात, रुख फल र फल भित्रको बिजुला सबै काम लाग्ने भएकाले नगदे वाली जस्तै भएको छ । दानाबाट साबुन मैनबत्ती अन्य औषधीमा समेत प्रयोग हुने भएकाले यसको महत्त्व बढ्दै गएको छ । चितवनमा यसको व्यवसायीक खेती नै हन थालेको स्थानीय सरकारका प्रतिनिधि तथा सामाजिक अभियन्ता सन्तविर सुनारी बताउँछन् ।
चिउरीका कारण यहाँ मौरी पालन पनि हुन लागेको छ । पहिले पहिले स्थानीय घारमा मौरी पालन गर्ने प्रचलन अव आधुनिक घारमा व्यावसायिक रूपमा पालन हुन थालेको छ । यसबाट यहाँका किसानलाई दोहोरो फाइदा भएको उनी बताउँछन्  ।
यहाँका निजी तथा सामुदायिक वनमा आफै उम्रिएका चिउरीका बिरुवाहरू भेटिएका छन् । अझ पनि यसको महत्त्व बुझ्न नसक्दा यहाँका केही स्थानीयहरूले घाँस दाउरा बनाएका छन् । यिनीहरूलाई पनि संरक्षण गर्न सकेको खण्डमा आम्दानीको श्रोत पनि बढ्ने स्थानीय मन कुमारी सोती बताउँछिन् ।
डिभिजन वन कार्यालयका वरिष्ठ विकास अधिकृत वेद प्रसाद भण्डारी भन्दछन् निस्दीको थुम्का डाँडा सामुदायिक वनले राम्रो र उदाहरणीय काम गरेका छन् । चिउरीको विजु भन्दा कटिड्ड बिरुवा लगाउने प्रविधि खोजिएको छ । यस विषयमा खोजी हुँदै छ ।
कटिड्ड बिरुवा सफल भएमा थोरै समयमा धेरै आम्दानी लिन सकिने थियो। यहाँका कृषकहरूबाट सिकेर अरू सामुदायिक वनहरूमा यसको खेतीको बिस्तार थालनी गरिनेछ ।
मौरी पालन व्यवसायका लागि उत्तम ठानिने चिउरी वनस्पतिको खेती पनि बिस्तार भएको खण्डमा मौरी पालन व्यवसायले थप व्यावसायिक रूपमा सफलता पाउने भएका कारण यसलाई प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?