ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

थारु लिपि र मादल: चिनाउँदै–सिकाउँदै

१ आश्विन २०८२, बुधबार
१ आश्विन २०८२, बुधबार

बर्दिया,१ असोज ।

बर्दियाको बढैया गाउँ अचेल मादलको धुन र थारु भाषाको लिपि सिकाउने आवाजले गुन्जिएको छ । परम्परागत थारु, मगर र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको मादल आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ भने, लोपोन्मुख अवस्थामा पुगेको थारु भाषा लिपि पनि सिकाउन थालिएको छ ।

गाउँमा सुरु गरिएको “मादल सिक्ने र थारु लिपि सिक्ने कक्षा” ले स्थानीय युवामा नयाँ उत्साह ल्याएको छ । बिहानदेखि बेलुकीसम्म गाउँका चौतारा, टोलघर र सामुदायिक भवनहरूमा र साँझ ७ बजेदेखि रातीको ११ बजे सम्म मादलको ताल मिलाउने अभ्याससँगै थारु अक्षर लेख्ने आवाज सुन्न सकिन्छ ।

मादल नेपालको लोक जीवनमा अत्यन्त महत्त्वपूर्ण वाद्य हो । विशेष गरी थारु, मगर, गुरुङ, र विभिन्न आदिवासी–जनजाति समुदायले यसलाई संस्कृतिको अभिन्न अङ्गका रूपमा मानेका छन् । विवाह, भोज, नाचगान, धार्मिक अनुष्ठान, र चाडपर्वमा मादल अनिवार्य बजाइन्छ ।

बढैया गाउँमा पनि दसैँ वर्षदेखि मादल प्रमुख वाद्यको रूपमा प्रयोग हुँदै आएको छ । थारु समुदायमा “सोरठी”, “जमरा नाच”, “झुम्रा”, “हुर्डुङगा”, “सखिया” जस्ता नृत्यहरू मादल विना अधूरा हुन्छन् ।

तर पछिल्लो दशकमा आधुनिक गीत–संगीत, मोबाइल, टिभी र इन्टरनेटको प्रभावले परम्परागत बाजा बजाउने, नाच्ने कला बिस्तारै हराउँदै गइरहेको थियो । ६५ वर्षीया अब्दुल थारु भन्छन्, “पहिले हाम्रो गाउँमा विवाहमा मादल र झ्याम्टा बजाउनु अनिवार्य जस्तै हुन्थ्यो । अहिलेका बालबालिकाले मादल समात्नै चाहन्नन् भन्ने डर थियो ।”

यो डर अब कम भएको छ । गाउँका केही वरिष्ठ कलाकार र समाजसेवी अगुवाहरूको पहलमा “मादल सिकाउने अभियान” सुरु भएको हो । गाउँकै टोल बरघरको घरमा हरेक साँझ ७ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन हुन्छ ।

हालसम्म गाउँका २५ भन्दा बढी युवाले कक्षामा नाम दर्ता गरिसकेका छन् । १२ वर्षीय बालकदेखि ४५ वर्षका युवासम्म सहभागी छन् । २५ जना मध्य १२ जना मादल बजाउनन, ५ जना गीत गाउन, ५ जना नाच्न र ३ जना थारु लिपि सिक्न थालेका छन् । उनीहरूलाई गाउँका पुराना कलाकारले आधारभूत तालदेखि जटिल ताल सिकाउँदै छन् ।

२२ वर्षीय किशोर दिपेश थारु भन्छन्, “हामीले पहिले गीत मोबाइलमा मात्र सुन्थ्यौं । तर मादलमा आफ्नै ताल निकाल्दा अचम्मको आनन्द मिल्छ । अहिले हाम्रो समूहले हुर्डुङगा नाचको अभ्यास गर्न थालेका छौं ।” २० वर्षीया सुमित्रा थारु भन्छिन्, “पहिले मादल छोरीहरूले बजाउने कुरा सुन्नै पाइन्नथ्यो । तर अहिले हामीलाई पनि सिकाइँदै छ । यो हाम्रो लागि ठुलो अवसर हो ।”

यस पटकको सिकाइ अभियानको विशेषता भनेकै महिलाको उल्लेखनीय सहभागिता हो । १५ जना महिला विद्यार्थीहरू पनि सक्रिय रूपमा मादल बजाउन सिकिरहेका छन् । यसले लैङ्गिक समानतामुखी सांस्कृतिक अभ्यासलाई प्रोत्साहन गरेको छ । प्रशिक्षक पतिराम थारु भन्छन्, “मादल हाम्रो संस्कृति हो, महिला र पुरुष दुवैले यसलाई बजाउन पाउनु पर्छ ।”

मादलसँगै बढैया गाउँमा अर्को महत्त्वपूर्ण प्रयास सुरु भएको छ–थारु भाषा लिपि सिकाउने अभियान । नयाँ पुस्ताले आफ्नो मातृभाषा बोल्छन् तर लेख्न सक्दैनन् भन्ने समस्या देखिएकोले स्थानीय शिक्षक र संस्कृतिविद्हरूले थारु अक्षर (लिपि) सिकाउन थालेका हुन् ।

बालबालिका बिहान विद्यालय गएका बेला बेलुकी घर फर्केपछि “थारु लिपि कक्षा” मा भाग लिन्छन् । त्यहाँ उनीहरू थारु अक्षर चिन्ने, लेख्ने, शब्द बनाउन सिक्ने काम गर्छन् । प्रशिक्षक शिक्षक धनबहादुर चौधरी भन्छन्, “भाषा बिना संस्कृति अधुरो हुन्छ ।

त्यसैले मादल बजाउने हातले थारु अक्षर पनि लेख्न सक्ने हुनुपर्छ भन्ने सोचले यो अभियान सुरु गरिएको हो ।” २० वर्षीय राजा थारु भन्छन्, “मलाई थारुमा बोल्न त आउँछ तर लेख्न सक्दिनथेँ । अहिले अक्षर सिक्दै छु, धेरै रमाइलो लाग्छ ।”

यो अभियानलाई अघि बढाउने मुख्य व्यक्तिहरूमा पतिराम थारु र कृष्ण थारु छन् । पतिराम थारु ४० वर्षदेखि मादल बजाउँदै आएका छन् भने कृष्ण थारुले नेपालभरका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरूका अनुसार, यदि अहिले सिकाइ सुरु गरिएन भने मादल र थारु लिपि दुवै हराउने खतरा छ । मादल र लिपि सिकाइ अभियानले गाउँमा नयाँ ऊर्जा भरेको छ । युवाहरू बेलुकी टोल–टोलमा जम्मा भएर अभ्यास गर्छन्, जसले आपसी एकता र मेलमिलाप बढाएको छ ।

यसले केवल संस्कृतिको संरक्षण मात्र होइन, रोजगारीको अवसर पनि दिन सक्छ । बर्दिया, बाँके, कैलालीमा हुने सांस्कृतिक कार्यक्रममा बाजा बजाउने कलाकार वा थारु भाषामा प्रस्तुति दिने टोलीलाई राम्रो मान र पारिश्रमिक मिल्ने गरेको छ ।

तर चुनौती पनि छन् – गुणस्तरीय मादल खरिद गर्न महँगो पर्छ (देखि १२ हजार रुपैयाँसम्म), तालिम सञ्चालनका लागि स्थायी संरचना, ध्वनि रेकर्डिङ, र पोसाकमा खर्च लाग्छ । उता, थारु लिपि सिकाउनका लागि किताब, अक्षर चार्ट, अभ्यास सामग्री जुटाउन कठिनाइ छ ।

गाउँलेहरू र प्रशिक्षकहरूले स्थानीय, प्रादेशिक र सङ्घीय सरकारसँग प्रत्यक्ष सहयोगको माग गरेका छन् । जितेन्द्र थारु भन्छन्, “यदि स्थानीय तहले यो अभियानलाई समर्थन ग¥यो भने गाउँलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।” ७५ वर्षीय बरघर गोविद प्रसाद थारु जोड दिन्छन्, “मादल हाम्रो पहिचान हो, थारु भाषा हाम्रो आत्मा हो । यसलाई जोगाउन सके मात्र हामीले भविष्यलाई सही तरिकाले अघि बढाउन सक्छौँ ।”

यस तालिमलाई बाबा खरक छनिया युवा सञ्जालले आयोजना गरेको छ भने बढैयाताल गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । बढैया गाउँमा सुरु भएको मादल र थारु लिपि सिक्ने यो अभ्यासले गाउँ मात्र होइन, सम्पूर्ण क्षेत्रलाई नयाँ सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?