© २०२३
काठमाडौं, १ असोज ।
‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङका अनुसार, रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा सवार समूहले आफूलाई लखेटेको थियो । त्यसक्रममा बीचमा दुईवटा गाडी पनि थपिएर पच्छ्याएको उनले बताए ।
“सिनामंगलका गल्ली गल्लीमा पनि खोजिरहेका थिए । बानेश्वरसम्मै लखेटे । मार्ने उद्देश्यले नै आएका जस्तो लाग्छ,” उनले भने । गुरुङले आफू हाल कुन स्थानमा रहेका छन् भन्ने खुलाउन चाहेनन् ।