© २०२३
बुटवल, १ असोज ।
रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ प्रतियोगिताको उपाधिका लागि फर्साटिकर एफसी र अञ्चलपुर युवा क्लब सिद्धार्थनगर बिच फाईनलमा भेट पक्का भएको छ । बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा फर्साटिकर एफसीले अभिषेक चर्च रहजरलाई ४–१ गोल अन्तरले पराजित गर्दै बलियो उपाधि दाबेदारी पेश गरेको हो । फाईनल खेल असोज ३ गते शुक्रबार हुने क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।
यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदान फर्साटिकरका बिशाल नेपालीले खेलको छैटौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । फर्साटिकरका निरज चौधरीले खेलको ४५ र ५४ औ मिनेटमा गोल गर्दै टिमलाई जितका नजिक लगे । यसैगरि निराजन धामीले ७६ औ मिनेटमा चौथौ गोल गरे । अभिषेक चर्चका अरोन थापाले खेलको ७९ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा फर्साटिकरका नरेन्द्र चौधरी म्यान अफ दी म्याचबाट पुरस्कृत भएको प्रचार संयोजक सुमन गुरुङले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । भदौ १४ देखी शुरु भएको प्रतियोगितामा रुपन्देही, कपिलबस्तु र नवलपरासीका गरि १२ वटा टिमको सहभागिता रहेको थियो ।