Butwal Today

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १ असोज ।

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं. ५ तुइनखोला र वडा नं. ६ नाम्सीखोलामा पहिरो खस्दा सडक आवागमन अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बुधबार बिहान ९ः१० बजेदेखि सडक पुनः सञ्चालनमा आएको हो । बिहान ६ बजेदेखि सुरु गरिएको पहिरो पन्छाउने कार्यमा तीनवटा एक्साभेटर प्रयोग गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै अवरुद्ध सवारीसाधनहरू गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?