Butwal Today

जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटपाट भएको खुलासा भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै सो घटनामा करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको जानकारी दिए । उनका अनुसार, उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको हो ।

“संसद् भवनमै रहेको राष्ट्रिय वाणिज्य बैंकमा सिरियस लुटपाट भएको छ,” गभर्नर पौडेलले भने । उनले बैंकको सिसिटिभी फुटेज हेरेर अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

साथै, आन्दोलनका क्रममा पेमेन्ट सिस्टमलाई सञ्चालनमा राख्न राष्ट्र बैंक र समग्र बैंकिङ क्षेत्र सक्रिय रहेको उनको भनाइ छ । गभर्नरका अनुसार, आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण हुँदा ६९ वटा एटिएममा असर पुगेको छ । तर, समग्र बैंकिङ प्रणाली भने सुरक्षित रहेको उनले स्पष्ट पारे ।