© 2026
काठमाडौं, १ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र (एनओसी) जारी राखेको छ । सानो थिमीस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार, सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो ।
‘वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले आज पनि विद्यार्थीको अनुरोधमा जारी राखेका छौँ,’ उनले बताएका छन् ।
बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले अनुमति पत्र वितरण गरेका थिए । यसैबीच, जेनजी आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।