Butwal Today

मनकामना केबलकार सेवा एक सातापछि पुनः सञ्चालन

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ , १ असोज ।

मनकामना केबलकारले आजदेखि नियमित सेवा सञ्चालन थालेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि २५ गतेदेखि रोकिएको सेवा करिब एक सातापछि पुनः सुरु भएको हो ।

सेवा बन्द रहेको अवधिमा नियमित मर्मत–सम्भार गरिएको उनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामनामाई मन्दिर दर्शनार्थीको सहजताका लागि सञ्चालनमा ल्याइएको यो नेपालकै पहिलो केबलकार हो । यसको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४, चेरेसमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?