Butwal Today

जेनजी पुस्ताको मागअनुसार बाटो खुला गर्न हितेन्द्रलाई मन्त्री कुलमानको सन्देश

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १ असोज ।

नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र वर्तमान परिस्थितिलाई बुझ्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश दिएका छन् । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।

साउन महिनामा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । मन्त्री घिसिङले सबै पक्षले विवेकपूर्ण निर्णय गर्दै आजको मागअनुसार समाधान खोज्नुपर्ने र त्यसपछि मात्र वैकल्पिक उपायहरूमा सोच्न सकिने बताए । आन्दोलनका क्रममा हितेन्द्रदेव शाक्यको घरमा आगजनी समेत भएको थियो ।

हितेन्द्रदेव शाक्य जेनजी आन्दोलन अघि नै सरकारी कार्यक्रममा सहभागी हुन कोरिया गएका थिए र आज स्वदेश फर्कने क्रममा छन् । शाक्य आफैँले परिस्थिति बुझेर पद त्याग गरुन् भन्ने आशय मन्त्रीको रहेको निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?