© २०२३
काठमाडौं, १ असोज ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंक पठाउँदै क्षतिको विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ ।
निर्देशनअनुसार स्थानीय तह र समितिले कार्यालय तथा सरकारी सम्पत्तिको अवस्थाबारे संघीय सरकारलाई जानकारी गराउनुपर्ने छ । भवन, मेसिनरी उपकरण, फर्निचर, सरकारी कागजात लगायतको क्षति विवरण उपलब्ध गराउन भनिएको छ । आन्दोलनका क्रममा देशभरका स्थानीय तहमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।