© २०२३
काठमाडौँ ।
जनमत पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गर्दै सो माग गरेका हुन् । उनीहरूले जनमत पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार नेतृत्वबाट पर्याप्त पारदर्शिता, निर्णय प्रक्रिया र जनभावनासँग मेल नखाने गतिविधि भएको आरोप लगाएका छन् ।
राजीनामा माग गर्ने नेताहरूमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।