© 2026
काठमाडौँ ।
बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुखलाई संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार औपचारिक राजीनामा पत्र बुझाएका हुन् ।
यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका भए पनि आधिकारिक पत्र पेश गरेका थिएनन् ।
उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयमा पनि पठाइएको छ । यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।
पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन् कि जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्धको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाको ज्यान गएको घटनाले उनलाई गहिरो भावनात्मक आघात पुर्याएको छ ।
जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा रहन उचित नहुने निर्णय गर्दै उनले राजीनामा दिएका हुन् । पाठकले २८ पुस २०७९ मा भएको सभामुख निर्वाचनमा ६२ मत प्राप्त गर्दै पद हासिल गरेका थिए । राप्रपाका उनलाई नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।