© २०२३
आज म जेनजि आन्दोलनका घटनाहरूलाई राम्रोसँग विश्लेषण गर्दै छु । जेनजी पुस्ताका युवाहरूको आन्दोलन भ्रष्टाचार र सामाजिक संजाल माथिको प्रतिबन्ध लगायत जनअधिकार र सामाजिक न्याय परिवर्तनको लागि गरिएको एक शुद्ध र जनमुखी संर्घष हो भन्ने बुझाई सहित मेरो पनि सद्भाव रहेको थियोे ।
म सम्झन चाहन्छु जेनजीहरूले भनेका थिए– हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, सार्वजनिक नीजि सम्पत्ति नष्ट हुने छैन । प्रहरीलाई फूल दिएर सुरु गर्ने भनिएको आन्दोलन एकाएक विध्वंसकारी कसरी भो सोचनिय विषय छ ।
भदौ २३ गते युवा विद्यार्थी र आन्दोलनकारीको भिड जब संसद भवनतिर आक्रोशित हुँदै अघि बढ्दै थियो, जतिबेला राज्य पक्षले जसरी संयमता अपनाउनु पर्ने थियो, त्यो गर्न सकेन । स्कुलले कलिला बच्चामाथि गोली चलाययो ।
बच्चाहरूको मृत्यु हुनुपुग्यो । यसले आम जनतामा ठूलै आक्रोश र बिद्रोह जन्म भयो । जसको परिणामस्वरूप जनधनको ठूलै क्षति भयो । निर्दोष मरे । सार्वजनिक सम्पत्ति र ऐतिहासिक संरचना जले । सिहंदरबार जल्यो ।
संसद भवन, सर्वोच्च अदालत जल्यो । कैदी बन्दी छुटे यो गलत भयो । हिजो निरंकुशता तानाशाह विरुद्ध लडेका बर्तमान शासक पुस्ताले यो बुझ्न सकेनन जनता किन यति दुःखित छ ? आक्रोसित छ ? सवैतिर निरासा छ ।
बहुदलीय ब्यवस्थाले जन्माएका शासकप्रति नवपुस्ताले जे बुझे सोही अनुसारको आक्रोश पोखे । यो पुस्तालाई बुझाउन नसक्नु कमजोरी थियोे । यो ब्यवस्थाका प्रतिनिधि पात्रहरूका घर जले, जलाउनु पर्ने नपर्ने सबै जले ।
हामीले ती केटाकेटीहरूलाई पृथ्वीनारायण साह पढायौ । भिमसेन थापा पढायौ । राणा शासन पढायौं, अंग्रेज युद्ध पढायौ । निकै पुराना इतिहास पढायौ तर २०४६ साल पछिको उपलब्धि, २०६२/६३ पछिको उपलब्धि, त्यसपछिको नेतृत्वले गरेका योगदान केही पढाएनौ ।
हामीले ती कलिला मगजहरूलाई यो भनिरह्यौ कि नेता दल सबै चोर हुन, भष्ट हुन, यिनीहरूलाई मार्नुपर्छ, जलाउनु पर्छ । देश यिनीहरूले मात्र लुटे सबै । हो यी नव पुस्ताहरू नेता, व्यवस्था र राज्यका संरचनाप्रति यस्ता स्कुलिङ्ग लिदै हुर्केका पुस्ता हो । सधै बाघ आयो बाघ आयो भनेर झुकाउने जनता ले आज साँच्चै बाघ आएर विध्वंस मच्चाएको छ । दोषी जनता हुन ।
अहिले कोहि नुनको ओभानो भएर उम्कन मिल्दैन । आक्रोशित जनताबाट मात्रले यी घटना भएको थिएन । घुसपैठ पनि भएकै होला । तर, अहिले जसरी विध्वंस मच्चाउने केही युवा ब्यक्तिहरूलाई मात्र दोषी देखाउँदै तस्बिरहरू सार्बजनिक गरिदै छ र आफूहरू नुनको ओभानो बन्न खोज्दै छ, यो गलत छ । यसको जिम्मेवारी सबैले लिनुपर्छ ।
जो जोले यसको अगुवाइ गरे तीनले राज्य सत्ता विरुद्धको आन्दोलन भएकोले प्रतिपक्षी दलले पनि यसको जिम्मेवारी लिनुपर्छ । जो जोले समर्थन सद्भाव गरे तीनले पनि घटनाको जिम्मेवारी लिनुपर्दछ । आन्दोलनमा सहभागी जनता र सहभागी नहुने जनता सबैले यस बिद्रोहको जिम्मेवारी लिनुपर्दछ । भस्टाचार गर्नेहरूलाई अनुसन्धान गरि कानुनी कारबाही गर्नुपर्छ ।
बिना तथ्य प्रमाण अध्ययन नगरी कयौंको घरबास ध्वस्त बनाइयो, यसको पूर्ण क्षतिपूर्ति राज्यले गर्नुपर्ने छ । राष्ट्रको नस्ट बनाइएका संरचनाको पुनर्निर्माण गर्न अब जनताका आधारभूत आवश्यकता, नयाँ विकास निर्माण, सडक भवनहरूमा खर्च नगरी यी ध्वस्त भएका संरचना बनाउन खर्च गरेर क्षतिपूर्ति गर्नुपर्ने छ ।
सँगै पुनर्निर्माणको लागि श्रमदान अभियान चलाउनुपर्ने देखिन्छ । यस बिद्रोहमा ठूलो क्षति भयो । त्यसैले अब देशलाई गृह युद्ध तिर नलैजाऔ । देशलाई नयाँदिशा दियौं । नयाँ युगको स्वरूप दिऔं । लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता संविधानको सर्बोच्चता कानुनको शासन, समाबेशिता समानुपातिकबाट पछि नहटौ ।
देशको राजनीतिक अवस्था, बढ्दो भ्रष्टाचार, बेरोजगारी युवाहरूको भविष्यप्रतिको बेवास्ता र पछाडि पारिएका समुदायप्रतिको उदासीनता लगायत कारण आम जनसमुदायलाई निरास आक्रोशित बनाइरहेको थियो ।
अहिलेको युवाहरूको बिद्रोह यसैको उपज हो भन्ने बुझेर यो घटना क्रमश भुल्ने कोसिस गरौ । अब पुनर्निर्माण, क्षतिपूर्ति, न्यायिक छानबिनसँगै भ्रष्टाचार मुक्त देश बनाऔं । युवाहरूलाई रोजगार, स्वरोजगार, शिक्षा, स्वास्थ्यथ निशुल्क जस्ता कार्यक्रम सहित अघि बढ्नुपर्ने छ ।
युवाहरूको आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने शहिद हरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली ! वहाँहरूका शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना ! घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।
देशको नयाँ पुस्ताको यस बिद्रोहबाट परिवर्तनको सुरुवात हुनुपर्दछ । जेनजी आन्दोलनबाट नयाँ विकल्प र आशाको उदय हुनुपर्छ । लोकतन्त्र र सामाजिक न्याय परिवर्तनको पक्षमा मेरो समर्थन रहिरहने छ ।