© २०२३
काठमान्डौ, ३१ भदौ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार १०० रुपैयाँ पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।
अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ थियो । एकैदिनमा प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्दै सुन ऐतिहासिक विन्दुमा पुगेको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३२० रुपैयाँले वृद्धि भई प्रतितोला २ हजार ५९५ रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य पनि यो हालसम्मकै उच्च दर हो ।