Butwal Today

जेनजी आन्दोलनका १० मृतकको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ३१ भदौ ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका ९ जनाको र पाटन अस्पतालमा राखिएका १ जनाको शवलाई नगरपरिक्रमा गरी अन्त्येष्टि गर्ने तयारी भएको छ । यसअघि आन्दोलनमा ज्यान गुमाएका केही व्यक्तिहरूको अन्त्येष्टि भइसकेको भए पनि बाँकी १० जनाको अन्त्येष्टि मंगलबार एकैसाथ हुने जनाइएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?