© २०२३
काठमान्डौ, ३१ भदौ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा राखिएका ९ जनाको र पाटन अस्पतालमा राखिएका १ जनाको शवलाई नगरपरिक्रमा गरी अन्त्येष्टि गर्ने तयारी भएको छ । यसअघि आन्दोलनमा ज्यान गुमाएका केही व्यक्तिहरूको अन्त्येष्टि भइसकेको भए पनि बाँकी १० जनाको अन्त्येष्टि मंगलबार एकैसाथ हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।