ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

देश विदेशीको कब्जामा पर्न सक्ने दाबी गर्दै हर्क साम्पाङ भावुक

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

 काठमाडौं, ३१  भदौ ।

नेपालमा बाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका साम्पाङले रुँदै मुलुक विदेशी शक्तिको कब्जामा पर्न सक्ने खतरा रहेको बताएका छन् ।

उनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रचलित नेताहरू तितरबितर भए र मुलुकको नेतृत्व लिन कोही अघि नसरेपछि आफू अघि सरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा साम्पाङ चिन्ता व्यक्त गर्दै आँसु झारेको देखिन्छ ।

‘विदेशीहरूले अहिले नै टेकओभर गर्न सक्छन्, तर नेताहरू सबै भागाभागमा छन् । कोही कुटाइ खाइरहेका छन्, कोही पार्टी कार्यालय तहसनहस भइरहेको छ । अब कसले नेतृत्व लिन्छ ? कोही छैन,’ साम्पाङको भनाइ छ ।

मानिसहरूको आग्रहपछि आफू अघि सरेको दाबी गर्दै उनले भने, ‘गोली लाग्न सक्छ भन्ने चेतावनी थियो, तर लाग्छ भने लागोस् भनेर म निस्किएँ ।’

आफू अघि सर्दा अरू लुकेको आरोप लगाउँदै उनले मुलुकलाई जोगाउन बलिरहेको आगोमा हाम फालेको बताए ।

जनस्तरको आग्रहअनुसार प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्दै साम्पाङ भदौ २५ गते काठमाडौं आएका थिए। यस क्रममा उनले प्रधानसेनापति अशोक राज सिग्देलसँग भेट गरेका थिए ।

जेनजी युवाहरूको अनलाइन मतदानमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सर्वाधिक मत पाएको र उनको नाम प्रधानमन्त्रीका लागि अघि बढेपछि साम्पाङले समर्थन जनाए पनि, कार्की नियुक्त हुने लगभग निश्चित भएपछि उनले असन्तुष्टि प्रकट गरेका थिए ।

धरान फर्किएका साम्पाङ पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै आक्रोश व्यक्त गर्दै आएका छन् । नाम नलिएरै उनले शाहलाई पर्दापछि बसेर ‘किङमेकर’ बन्न खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?