© २०२३
‘ओजोन तह नियन्त्रणमा राखौँ, वातावरणलाई प्राथमिकता दिऔँ’ भन्ने नाराका साथ आज विश्व ओजोन तह दिवस मनाइँदै छ । नेपालमा भने यो बर्ष राजनीतिक परिवर्तनका कारण यो दिवस मनाउने औपचारिकता समेत पूरा हुने अवस्था छैन ।
तर पनि वातावरणवीदहरूले ओजोन तह नियन्त्रणमा राख्ने हो भने वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । पछिल्लो समय विश्व तापमान चुनौतीको रूपमा देखापरेकोले ओजोन तह बढाउने कारक तत्वको विषयमा संवेदनशील हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
निश्चित रूपमा दिवस मनाएर मात्रै हुँदैन जबसम्म विषयलाई गंभीरतापूर्वक लिईदैन । जेहोस विश्वका बैज्ञानिकहरूले ओजोन तहलाई नियन्त्रणमा राख्न शक्तिशाली राष्ट्रहरूले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ ।
यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन । ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् ।
तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै वृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ । पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो ।
यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ ।
यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पु¥याइरहेको छ । तर विश्वका कुनैपनि देशले तापमानमा कमी ल्याउने कुनैपनि प्रकारको गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन ।
बैज्ञानिकहरूले जारी गरेको सूचनामा पृथ्वीमा २० प्रतिशतले ओजोन तह विनाश भएको पाइएको छ । तर, अन्टार्कटिकाको आकासमा ८० प्रतिशतभन्दा बढी ओजोन तह नष्ट भएको विभिन्न अध्ययनले देखाएको छ । नेपालले वातावरण जोगाउँदै तापक्रम सन्तुलन तथा ओजोन तह विनास रोक्न प्राथमिकता दिदै आएको सर्वविदितै छ ।
नेपालका वातावरणवीदहरूले बिश्वमै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रासका कारण नेपाल उच्च जोखिममा परेको भन्दै चिन्ता ब्यक्त गर्दै आएका छन् । त्यसैपनि नेपाल विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेको छ । ओजोन तह विनासको कारण जलवायु परिवर्तनमा समस्या आएको छ ।
बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । नेपाल सरकारले यिनै चुनौतीहरूलाई ध्यानमा राखी जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिनु जरुरी छ ।
अवको दिनमा नेपालमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले मिलेर काम गर्नु जरुरी छ । खासगरी विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूले ध्यान दिएनन भने विश्व अव खतराको सूचीमा पर्ने निश्चित छ ।
खासगरी गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्नु आवश्यक छ । पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्न ठोस पहल समेत आवश्यक रहेको छ ।
नेपालले पर्वतीय मुलुकहरूको समस्यालाई रणनीतिक रूपमा उठान गरी सहकार्यको रणनीति बनाउनुपर्दछ । ओजोन तह विनास कम गर्नेतर्फ अवको दिनमा ध्यान दिनु जरुरी छ । होइन भने नेपालले पनि वातावरणीय चुनौतीको सामना गर्नुपर्नेछ ।