© २०२३
दाङ,३१ भदौ ।
जेनजि आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा प्रवाह अबरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले जलेर नष्ट भएका आफ्नै कार्यकक्षसहितका कोठा प्रयोग गर्न नसकिने भएपछि कार्यालय परिसरमै कुर्सी र टेवुल राखी सेवाप्रवाह सुरु गरेका छन् ।
आगजनीले कार्यालय भवन क्षतिग्रस्त भए पनि नागरिकलाई आवश्यक सेवा रोक्न नहुने भन्दै चौधरीले खुला आकाशमुनि नै सेवाप्रवाह थालेका हुन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपाल टाँगेर सेवा सञ्चालन गरेको छ । उपमहानगरपालिकाको क्षतिग्रस्त भवनको अगाडीतिर तत्काल वैकल्पिक रूपमा त्रिपालमुनिबाट अस्थायी सेवा सुरु गरिएको हो । उपमहानगरले आवश्यक प्रशासनिक काम, नागरिक सेवा र दैनिक कार्यलाई निरन्तरता दिनका लागि यस्तो व्यवस्था गरेको नगर प्रमुख टीकाराम खड्काले जानकारी दिएका छन् । पानी परिरहेको छ तर पनि त्यसको प्रवाह नगरी त्रिपाल मुनिबाट सेवा दिइरहेका छन्